• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    भूकम्प प्रभावित रुकुम(पश्चिम)लाई डोको र पोको राख्ने आवास आवश्यक- जनार्दन शर्मा

    1.7K
    SHARES



    काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भूकम्प प्रभावित कर्णाली क्षेत्रको पुनर्निर्माण गर्दा मौलिक र भूकम्प प्रतिरोधी घर निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।

    बुधवार रुकुम(पश्चिम)को आठबिसकोट गाउँपालिका राडीबजार पुगेका शर्माले अहिलेसम्म भएका गतिविधि र दिगो व्यवस्थापनका लागि १४ बुँदे सुझाव दिएका हुन् ।

    जसअनुसार उनले परम्परागत मौलिकता बचाउँदै पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । ०७२ को पुनर्निर्माणमा आधुनिक घर बनाउँदा स्थानीय सामान व्यवस्थापनका लागि समस्या देखिएको स्मरण गराउँदै शर्माले डोको र पोको राख्ने आवास आवश्यक भएको बताए । त्यसैले ०७२ को जस्तो पुनर्निर्माण यसपटक नहुने उनले बताए ।

    राहत रकम गरिबीको अवस्था हेरेर बढाउनु पर्ने धारणा राखेका उनले निजी घर र सार्वजनिक संरचना बनाउँदा तीनै तहका सरकारको अपनत्व हुनुपर्नेमा जोड दिएका छन् ।

    निजी घर बनाउने अधिकार स्थानीय सरकारलाई र सार्वजनिक संरचना बनाउने जिम्मा प्रदेश सरकार लाई दिनुपर्ने तथा पैसा र नीति सङ्घ सरकारले दिने उनको प्रस्ताव छ ।

    यस्तै राहत सधैँ मागिराख्ने प्रवृत्तिले निरन्तर परनिर्भरता बढाउने खतरा हुने उनको बुझाइ छ । आवास पुनर्निर्माण लागि माघ मसान्तसम्ममा सिकर्मी र डकर्मीका लागि तालिम खुल्ने पनि जानकारी दिएका छन् । बाहिरबाट आएर घर बनाइदिने भन्दा पनि आफैले स्थानीयले नै बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

    यस्तै सस्तो ब्याजदरमा ऋण(घर कर्जा र व्यवसाय कर्जा) उपलब्ध गराउनुपर्ने, घडेरी नभएकालाई घडेरी किन्ने पैसा दिनुपर्ने पनि उनले बताएका छन् ।

    उनले २ वर्षभित्र भूकम्प प्रतिरोधी घर बनाइसक्ने र त्यसका लागि काठे घर विकल्प हुन सक्ने प्रस्ताव गरेका छन् । यस्तै सकेसम्म ढलान घर गाउँमा नबनाउन प्रस्ताव गरेका छन् । त्यसका लागि मौलिक प्रकृतिका तर भूकम्प प्रतिरोधी डिजाइनमा बनाउने शर्माले बताएका छन् ।

    यही कात्तिक १८ गते जाजरकोटमा गएको विनाशकारी भूकम्पबाट रुकुम(पश्चिम)मा ५२ जनाले ज्यान गुमाएका थिए भने करिब ९० प्रतिशत घर भत्किएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ