• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने

    2.3K
    SHARES



    काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा आज शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । सम्मेलनमा सहभागिताका लागि प्रतिनिधि छान्न मापदण्ड बनाइएको पनि उनले बताए ।

    त्यसअघि विधानको मस्यौदा पार्टीको तल्लो कमिटीमा छलफल गर्ने निर्णय बैठकले गरेको छ । बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि समन्वय समिति बनाउने निर्णय गरेको छ । समितिले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक तयारी गर्ने प्रवक्ता सापकोटाले बताए ।

    त्यस्तै बैठकले पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको उनले बताए ।

    बैठकमा मुलुकको वर्तमान परिस्थितिका बारेमा प्रचण्डले जानकारी गराएको र प्रदेशका इन्चार्जहरूबाट पनि रिपोर्टिङ भएको प्रवक्ता सापकोटाले बताए ।

    माओवादी अभियान अहिलेसम्मकै प्रभावकारी भएको रिपोर्टिङ आएको र माघ २६ गते बस्ने स्थायी कमिटीको अर्को बैठकमा थप छलफल गरिने उनले जानकारी गराएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ