• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    ओलीले हामीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन्- माधवकुमार नेपाल

    2.3K
    SHARES



    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

    अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाउँदै त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरु क्रान्तिकारी हुनै नसक्ने बताए ।

    पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

    आफ्नै शक्ति बलियो बनाउने र एक्लै चुनाव जित्ने आँटका साथ पार्टी अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाई रहेको थियो । उनले अरु पार्टीको सामु माग्ने भएर नभई दिने हैसियतको पार्टी बनाउनुपर्ने भएकाले त्यसका लागि सिंगो पार्टी पंक्ति परिचालित हुन पनि सचेत गराएका छन् ।

    अध्यक्ष नेपालले भने, ‘हामीले देखिरहेका छौँ-हाम्रो पार्टीलाई यही पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजिरहेका छन् । हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दछ ? हुन सक्दैन । त्यसो हुनाले चुनौती छन् । यति सजिलो छैन । आफ्नै शक्ति बलियो बनाउनु पर्दछ । गठबन्धनमाथि पनि भरोसा गरेर अनि उनीहरुले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ