• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    उपराष्ट्रपति यादव र चिनियाँ नेता युगाङबिच भेटवार्ता

    1K
    SHARES



    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ कम्युनिस्ट पार्टीका युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव महामहिम शी युगाङबिच भेटवार्ता भएको छ । शनिवार उपराष्ट्रपति यादव र युगाङबिच भेटवार्ता भएको हो ।

    भेटमा द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटन लगायतका विविध आयामका विषयमा छलफल भएको उपराष्ट्रपति यादवका प्रेस संयोजक दिनेश यादवले बताए । उपराष्ट्रपति यादवले नेपाल र चीनबिच सदियौँदेखि रहि आएको सौहार्दपूर्ण एवम् अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक, थप घनिष्ठ र अरू उच्च बनेकोमा खुसी व्यक्त गरे ।

    उनले प्रधानमन्त्री प्रचण्डको गत वर्षको सेप्टेम्बरमा सम्पन्न चीन भ्रमणले दुई देश बिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताए । गत वर्षको अगस्टमा युनानको कुन्मीङमा सम्पन्न ७ औँ चीन-दक्षिण एसिया प्रदर्शनी र २७ औँ चीन (कुन्मीङ) आयात-निर्यात मेला लगायतका कार्यक्रममा सहभागी हुन पाएकोमा उपराष्ट्रपति यादवले खुसी व्याक्त गरेका छन् ।

    उनले भने, ‘नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेको छ । यसलाई बढोत्तरी गर्न थुप्रै सम्भावनाहरू छन् भन्ने लाग्दछ ।’ उपराष्ट्रपति यादवले द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षबाट नेपाललाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरूमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूको सहयोगका लागि चिनियाँ पक्षलाई अनुरोध पनि गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ