• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    इपीएस परीक्षार्थीको प्रदर्शनमा प्रहरीद्वारा अश्रुग्यास प्रहर

    2.2K
    SHARES



    काठमाडौं । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध गर्दै सवारीसाधनमा समेत आगजानी गरेका छन् ।

    ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले अनलाइनखबरसँग कुरा गर्दै अहिले प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । उनका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेका छन् ।

    भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् ।

    मन्त्री ज्वाला निस्किएपछि दुई पिएसओ पनि बाहिर निस्किएका थिए । पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

    उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोधमा उत्रिएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ