• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हात्तीको आक्रमणबाट ४५ बर्षीया मेघराजको ज्यान गयाे

    2.8K
    SHARES



    काठमाण्डाै । हात्तीको आक्रमणबाट झापाको शिवसताक्षी नगरपालिका-११ दुधेका ४५ वर्षका मेघराज राईको ज्यान गएको छ ।

    गए राति हात्तीले घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार झापामा डेढ महिनामा हात्तीको आक्रमणबाट राईसहित ४ जनाको ज्यान गएको छ ।

    पुसको ४ गते हल्दीबारी गाउँपालिका-२ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको ज्यान गएको थियो । यस्तै मङ्सिर १५ गते हल्दीबारी-३ रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन र त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका-२ को बेलडाँगी शिविरका पदमलाल तामाङको हात्तीको आक्रमणमा परेर ज्यान गएको थियो ।

    झापासहित मोरङ, सुनसरीमा हात्तीको आतङ्क बढेको छ । यी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको हो । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका जङ्गली हात्ती नफर्किएका कारण मुख्य गरी ३ जिल्लामा त्रास बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ