• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सर्लाहीमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

    1.8K
    SHARES



    सर्लाही । सर्लाहीको मलङ्गवा मिटरब्याज सङ्घर्ष समिति र प्रहरीबीच झडप भएको छ ।

    मिटरब्याज पीडितले आज बिहीवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्न थालेपछि झडप भएको हो ।

    प्रहरीले आफूहरूको गुनासो नसुनी जिल्ला प्रशासन कार्यालय परिसरबाटै सङ्घर्ष समितिका सदस्य फतमा खातुनलाई पक्राउ गरेको समितिले जनाएको छ । प्रहरीले भीड नियन्त्रण गर्न केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

    मिटरब्याजमा ऋण लगाउने व्यक्ति र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत सर्लाहीबाट केही महिनाअघि पक्राउ पुर्जी जारी भएपछि खातुन फरार रहेका थिए ।

    उनलाई आज पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पंजियारले जानकारी गराएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ