• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एकीकृत समाजवादीका ५० जना नेताको अंगदानका लागि स्वीकृति

    1.1K
    SHARES



    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका ५० जना नेताले मरणोपरान्त अंगदान गर्न स्वीकृति दिएका छन् ।

    सो पार्टीको ७० औँ सचिवालय बैठकले मरणोपरान्त अंगदान गर्न अभियानकै रुपमा अघि बढाउने निर्णय गरेको थियो । सोही अनुसार बिहीबार सम्म ५० जना नेताले अंगदानका लागि आवश्यक फर्म भरेर स्वीकृति दिएका हुन् ।

    एकीकृत समाजवादीको जारी केन्द्रीय समिति बैठकमा सहभागी नेताहरुले अंगदानका लागि स्वीकृति दिएको सो पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । त्यसका लागि बिहीबार बैठक स्थलमै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डा. पुकार श्रेष्ठ नेतृत्वको टोलीले सचिवालय सदस्य लगायतका नेताहरुको फर्म भरेको छ ।

    ‘मानिसहरुले सहज रुपमा अंग दान गर्न पाउनुपर्छ भन्ने मान्यता अनुसार हामीले पार्टीभित्र अंगदानका लागि अभियानकै रुपमा चलाउने घोषणा गरेका छौ । सोही अनुसार ५० जना नेताहरुले स्वीकृति दिइसक्नु भएको छ ’, नेता श्रेष्ठको भनाइ । कलेजो, किडनी लगायतका समस्याबाट मानिसहरु पीडित भएर मृत्युवरण समेत गर्नुपरेको अवस्थालाई ध्यानमा राखेर कोही पनि मानिस अंग नपाएर नमरोस् भनेर यस्तो अभियान चलाएको एकीकृत समाजवादीको भनाइ छ ।

    यसैबीच बुधबारबाट सुरु भएको एकीकृत समाजवादीको बैठकमा बिहीबारसम्म ८० जनाले विधान संशोधन प्रस्तावमाथि धारणा राखेका छन् । करिब ३ सय केन्द्रीय सदस्य रहेको सो पार्टीमा धेरैजसोले लिखित नै धारणा राखेको नेता श्रेष्ठले बताए । बाँकी सदस्यहरुले शुक्रबार धारणा राखेपछि अध्यक्ष माधव नेपालले बैठक समापन गर्ने तयारी रहेको छ ।

    यस्तै, सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ