• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काभ्रे र काठमाडौँबाट जुवातास खेल्ने १५ जना पक्राउ

    1.5K
    SHARES



    काठमाडौँ । काठमाडौँ र काभ्रेपलाञ्चोकबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । बुधवार साँझ प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको हो ।

    काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित श्री रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-२ ठूलो भर्‍याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    त्यस्तै काभ्रेको पनौति नगरपालिका–४ ठाडोबाटोस्थित श्री लक्ष्मी काठ फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने २४ वर्षीय शान्तप्रसाद तिमिल्सिना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको

    प्रहरीले उनीहरूलाई नगद २ लाख १६ हजार ७ सय ५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ