• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विदेश जानेले तत्काल ड्राइभिङ लाइसेन्स प्रिन्टका लागि अनलाइनबाटै निवेदन दिन सक्ने

    2.4K
    SHARES



    काठमाडौं । यातायात व्यवस्था विभागले शीघ्र सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) आवश्यक पर्ने नेपाली नागरिकको आवदेन अनलाइनबाट लिने भएको छ । ​विभागले पुस १५ गतेदेखि उक्त व्यवस्था सुरु गर्न लागेको हो ।

    अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना तथा नेपाल प्रहरीका लागि सवारी चालक अनुमतिपत्र शीघ्र प्रिन्ट गर्न विभागको अनलाइन सवारी चालक अनुमतिपत्र प्रणालीको पोर्टलमार्फत मिति निवेदन दिन सक्नेछन् ।

    विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ”अर्जेन्ट सवारी चालक अनुमतिपत्र प्रिन्ट गर्नुपर्ने छ भने नेपाली नागरिकले अनलाइनमार्फत कारणसहित आवदेन दिनुपर्ने हुन्छ । यदि कारण प्रस्ट खुलेको छ भने हामी ३ दिनभित्र प्रिन्ट गरेर लाइसेन्स दिन्छौं ।”

    प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाई गरी विभागको सहायता कक्षवाट वितरण हुनेछ । त्यसैले सवारी चालक अनुमतिपत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानुपर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ