• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्ल

    1.7K
    SHARES



    काठमाडौं । गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् ।

    स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा. मल्ललाई निमित निर्देशकमा नियुक्त गरेका हुन् ।

    मल्ल गंगालालका चिकित्सकमध्ये वरिष्ठ भएकाले निमित्तको रुपमा जिम्मेवारी दिइएको ती अधिकारीले जानकारी दिए ।

    गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो । डा. अधिकारीको कार्यकाल सकिएपछि मन्त्रालयमा गंगालालमा कसलाई निर्देशक बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

    तर नाम टुंग्याउन नसकेपछि हाल डा. मल्ललाई निर्देशकको जिम्मेवारी दिइएको ती अधिकारीले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ