• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    टेरामक्स प्रणाली खरिदको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

    1K
    SHARES



    काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको छ ।

    लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

    साथै प्रणाली खरिदमा हालसम्म भएका कामको सुक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।

    हरेक ३० दिनमा प्रगति विवरण बुझाउन र अधिकारको दुरुपयोग भएको देखिएमा सम्बन्धितलाई कानुन बमोजिम अभियोजन प्रक्रियामा लैजान अख्तियारलाई निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

    यस्तै, सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।

    पोखरा महानगरपालिका-९ नयाँ बजारस्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पराजुलीलाई पक्राउ गरिएको हो ।

    सहकारीका अध्यक्ष रमण पौडेर र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्टार पराजुलीलाई सो रकम घुस दिएको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

    पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ