• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    2.1K
    SHARES



    काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ ।

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अभियानमा कम्पनीले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको बताएको छ ।

    शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु- महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

    प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

    जसअन्तरगत कम्पनीले गत पुस चार गते सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको गौमुल गाँउपालिका २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा १७० भन्दा बढि महिलाहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

    यसैगरी, कम्पनीले अरु ६ वटा प्रदेशहरुमा पुस महिनामा शिविरहरु सञ्चालन गर्ने भएको छ । जस अन्तर्गत कम्पनीले बागमती प्रदेशमा भरतपुर महानगरपालिका ८ चितवन स्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।

    त्यस्तै लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाँउपालिका ३ मा, पाल्पास्थित छहरा स्वास्थ्य चौकीमा पुस १७ गते, कर्णाली प्रदेशको विरेन्द्रनगर नगरपालिका १३, सुर्खेत स्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पुस १८ गते, गण्डकी प्रदेशको अन्नपूर्ण गाँउपालिका ६ म्याग्दीस्थित पोखरेबजार आधारभुत विद्यालयमा पुस २१ गते र कोशी प्रदेशमा इलाम नगरपालिका ४, इलामस्थित मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।

    स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीले लिएको छ । आगामी पुस १७ गते मंगलबारदेखि ग्लोबल बैंक १७औं वर्षमा प्रवेश गर्दैछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ