• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ‘सरकारले गरेका राम्रा कामलाई विषयान्तर गर्न एनसेल प्रकणरणमा प्रचण्डको परिवारलाई जोडेर प्रचार गरियो’

    1.9K
    SHARES



    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक बर्ष सफल भएको बताएका छन् ।

    मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पछिल्ला सरकारभन्दा सुशासन र भ्रष्टाचारमा सफल भएको पनि दाबी गरे ।

    “नेपाल श्रीलंकाको बाटोतिर भन्ने हल्लाबीच हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको थियो । राजनीतिक र कुटनीतिक सन्तुलन मिलाएर सुशासन र भ्रष्टाचार अभियान संचालन गरेर सरकारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ” भट्टले भने । आर्थिक सूचकहरु सुधारतिर अगाडि बढेको भन्दै उनले निरासाबाट आशाका किरण देखा परेको बताए ।

    सरकार दिर्घकालिन आर्थिक समृद्धिको लागि अगाडि बढेको बताउँदै भट्टले भने, “सरकार सामाजिक न्यायका हिसाबले पनि सफल भएको छ । निरंकुशकालिन मिटरब्याजीबाट नागरिक मुक्त भएका छन्, अर्ब पीडितले फिर्ता पाएका छन् । सरकारले विगतको तुलनाभन्दा महंगी नियन्त्रणमा गर्न पनि सरकारले पहल लिएको छ । विगतदेखि रोकिएको उखु किसानको बाँकी भुक्तानी भएको छ ।”

    सरकारले इजरायल हमासको आक्रमणमा परी ज्यान गुमाउनेको शव स्वदेश ल्याउनेदेखि बेपत्ता विपिन जोशीको रिहाईको लागि प्रधानमन्त्रीकै तहबाट पहल भइरहेको बताए ।

    त्यसैगरी सरकारले भूकम्प पीडितको उद्दार, राहत र पुनर्निर्माणमा समयमै पहल लिएर जनतालाई सरकार भएको अनुभूत गराएको दाबी गरे । अब नयाँ बर्षमा नयाँ गतिका साथ अघि बढ्ने बताए । सरकारको अर्को बर्ष विकास र समृद्धको लागि क्रमभंगको बर्ष हुने समेत दाबी गरे ।

    पार्टीका सुदूरपश्चिम प्रदेशका प्रदेशसभा दलका नेता समेत रहेका भट्टले पार्टीको जारी अभियान अन्तिम चरणमा पुगेको बताए । उनले यसको समिक्षा गर्न बाँकी रहेपनि अभियानले पार्टी, कार्यकर्ता र जनतालाई जोडेको दाबी गरे ।

    संचारकर्मीको प्रश्नको जवाफमा नेता भट्टले एनसेल प्रकणको गहिराईसम्म पुगेर छानविन गर्न सरकार समिति गठन गरिसकेको बताउँदै त्यसमा दोषी उम्किन नपाउने समेत बताए ।

    “प्रधानमन्त्री दुबईमा भएको बेला यो काण्ड बाहिर आएको हो । स्वदेश फिर्ता भएलगत्तै उहाँले छानविन गर्न निर्देशन दिँदै समिति गठन भएको छ । यसमा दोषी जो भएपनि कारवाहीको दायरामा आउँछन्” भट्टले भने । प्रधानमन्त्री प्रचण्डको परिवारसँग जोडिएर गरेको प्रचारबाजी झुट रहेको दाबी गर्दै उनले त्यसमा सत्यता नभएका र सरकारका राम्रो कामको ढाकछोप गर्न कू प्रचार गरिएको उनको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ