• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एनसेल प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्न जसपाको सुझाव

    1K
    SHARES



    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेल प्रकरणको छानबिनको लागि संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ ।

    सो पार्टीले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरिय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको हो । पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारसमक्ष उक्त सुझाव दिने निर्णय गरेको जसपा केन्द्रीय कार्यालयले जनाएको छ ।

    सो पार्टीले एनसेल खरिद बिक्री प्रकरण सम्बन्धमा राज्यलाई लाभकर र राजश्वसमेत हानी नोक्सानी हुनेगरी सेयर बिक्री गर्ने प्रस्ताव र निर्णयलाई तत्काल रोकी कार्यान्वयन नगर्न समेत माग गरेको छ ।

    जसपाले भनेको छ- ‘नेपाली जनताले उठाएको राष्ट्रिय महत्वको उक्त एनसेल प्रकरणमा पार्टी गम्भीर रहेको छ ।’ यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

    बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार आउँदो पुस ३ गतेसम्म जारी रहने उक्त बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गर्ने तथा सचिवालय र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ