• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाण्डाै महानगरले आज २९औँ महानगर दिवस मनाउँदै

    1.1K
    SHARES



    काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाउँदै छ । दिवसको मूल समारोह टुँडिखेलमा हुने भएको छ ।

    गएका वर्षहरुमा दिवसको मूल समारोह आयोजना गर्ने गरिएको ठाउँ वसन्तपुरमा यसपालि गाडी प्रवेशमा निषेध गरिएको छ भने ठूलो स्पीकर राखेर गरिने कार्यक्रम रोकेको महानगरले जनाएको छ । यसकारण यस वर्षको कार्यक्रम टुँडिखेलमा गर्न लागिएको मेयर बालेन्द्र शाहले बताएका छन् ।

    महानगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो । कार्यक्रममा सांस्कृतिक झाँकीहरु प्रस्तुत हुनेछन् । यसैबीच, २९औँ महानगर दिवसको सन्दर्भ पारेर भएको बाँसुरीवादन प्रतियोगितामा वडा नं. २६ को थवही ल्याय्म्ह पुचः मचा कवको समूह पहिलो भएको छ ।

    यस्तै वडा नं. १६ को श्री श्वेत विनायक बाँसुरी ल्हुति संरक्षण समितिको समूह दोस्रो र वडा नं. २० को अशोक विनायक व्यवस्थापन समाजको समूह तेस्रो भएको छ ।

    प्रतियोगितामा पहिलो हुनेलाई १ लाख ५० हजार रुपैयाँ नगद र शिल्डमा चाँदीको ठूलो बाँसुरी, दोस्रो हुनेलाई १ लाख रुपैयाँ नगद र शिल्डमा चाँदीको मझौला बाँसुरी र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगदसहित शिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिएको छ ।

    प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट जीवन आले, सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) बाट दुर्गाप्रसाद खतिवडा, रेडियो नेपालबाट डा. निरञ्जन राजभण्डारी रहेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ