• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बालकृष्ण खाणको मुद्दामा सुनुवाइ सकियो, आजै आदेश आउने

    1K
    SHARES



    काठमाडौँ। उच्च अदालत पाटनमा भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।

    न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो। पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि २ न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो ।

    सुनुवाइ सकिएसँगै आदेशको तयारी गरिएको छ । आजै आदेश आउने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

    यस्तै, धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात प्रयास भएकाे छ । पार्टीकाे ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत धनकुटा पुग्नुभएका ओलीमाथि आज बिहीवार हातपात प्रयास भएकाे हाे ।

    भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका-५ लेगुवामा ओलीमाथि लेगुवाकै महेश राईले हातपातकाे प्रयास गरेका हुन् । ओलीमाथि हातपात प्रयास गर्ने राईलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजबाबु महर्जनले जानकारी दिनुभयाे ।

    राई अध्यक्ष ओलीलाई स्वागत गर्न भन्दै फूलमाला र अबिर लिएर लाइनमा बसेका थिए । स्वागतकै क्रममा उनले ओलीमाथि हातपातकाे प्रयास गरेका हुन् । प्रहरीका अनुसार राईले जाँड-रक्सी खाएका थिए ।

    यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएकाे १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्राकाे आज १५ औँ दिन हाे ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ