• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बेहुला चढेको गाडीले ठक्कर दिँदा ५२ वर्षीय दामोदरको मृत्यु, ४ जना घाइते

    2K
    SHARES



    काठमाडौँ। प्युठानमा बेहुला चढेको गाडीले ठक्करदिंदा एकजना जन्तीको मृत्यु भएको छ ।

    प्युठानको ऐरावती गाउँपालिका-२ बढौलामा लु ३ च ६८४७ नम्बरको स्कारपिओ गाडीको ठक्करबाट जन्ति हिँडेका एक जनाको मृत्यु भएको हो ।

    अघि-अघि जन्ती पछि-पछि बेहुला बोकेको गाडी हिँडिरहेको बेला अकास्मात् गाडीको टायर पन्चर भई अगाडि हुत्तिएर दुर्घटना भएको प्युठानका प्रहरी प्रवक्ता इन्स्पेक्टर होमानन्द खनालले जानकारी दिएका छन् ।

    ‘बाटो अलिअलि ओरालो थियो । अघि नाच्दै गाउँदै जन्ती हिँडिरहेका थिए । सोही क्रममा गाडीको टायर पन्चर भएर अगाडि हुत्तिएछ,’ उनले भने ।

    दुर्घटनामा मल्लरानी गाउँपालिका-३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उनले इन्स्पेक्टर खनालले जानकारी दिए ।

    दुर्घटनामा थप तीन जना घाइते भएका छन् । मल्लरानी गाउँपालिका-३ का कृष्ण परियार, ऐरावती गाउँपालिका-२ करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका-५ कि पिपला सुनार घाइते रहेको इन्स्पेक्टर खनालले जानकारी दिए ।

    उनीहरूको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ