• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

यसरी लुकाएर ल्याइएको थियो मध्यरातमा १४ किलो सुन (भिडियोसहित)

4.1K
SHARES



काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले बिहीबार राति गोरखाका ४५ वर्षीय चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको छ ।

दुबईबाट नेपाल आएका घलेको  साथबाट ज्याकेटभित्र लुकाएर ल्याएको १४ किलो सुन बरामद गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेका अनुसार बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका गोरखाका चन्द्र घलेको साथबाट ज्याकेट र जुत्तामा लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको हो ।

दुबईबाट एक यात्रुले ठुलो परिमाणमा सुन बोकेर ल्याउँदै छन् भन्ने विशेष सूचनाको आधारमा स्ट्याण्डबाइ बसेको भन्सारको टोलीले फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएका चन्द्र घलेले ज्याकेटभित्र सुन राख्न प्रयोग हुने छुट्टै झोला बनाएर भित्री ज्याकेट र जुत्तामा समेत सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको हो ।

घलेले बिस्कुट आकारमा सुन ल्याएको भन्सार प्रमुख पाण्डेले बताए । सुन बोकेर ल्याउने चन्द्र घलेसहित सुन किन्ने र ल्याउने कार्यमा संलग्न रहेका गोरखाका मीन बहादुर घलेलाई समेत नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको र अनुसन्धान प्रयोजनका लागि हाल थुनामा पठाइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ