• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रपति पौडेलद्वारा चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न निर्देशन

    1K
    SHARES



    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका छन् ।

    राष्ट्रपति पौडेलले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग आज राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा यस्तो बताएका हुन् ।

    उनले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै अहिलेको काम गराइले मात्र दीर्घकालीन समाधान नहुने धारणा राख्दै राज्यको तदारुकतामा स्थायी समाधान खोज्नुपर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

    राष्ट्रपति पौडेलले पहिरो रोक्नुपर्ने, खोला नदीले बगाएर ल्याउने ढुङ्गा, गिटी, गेग्रयान हटाएर खोला बग्ने निश्चित धार बनाउने, हटाएको ढुङ्गा, गिटी, बालुवा राष्ट्रिय आवश्यकताका लागि प्रयोग गर्ने, हरियाली निर्माण गर्ने, वस्ती सुधार गर्नेजस्ता विभिन्न कामका लागि राज्यले नै बृहत योजना बनाएर तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए । छलफलमा विकास समितिका पदाधिकारीले समितिले हाल गरिरहेको कामबारे पनि जानकारी गराएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ