• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपति कनेलबिच भेटवार्ता

    1K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युवाका राष्ट्रपति मिगेल डायाज-कनेलबिच भेटवार्ता भएको छ ।

    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन यूएई पुगेका प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपति कनेलबिच भेटवार्ता भएको हो ।

    भेटमा दुवै देशको आपसी सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेपालमा लगानी बढाउन संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई आग्रहगरेका थिए ।

    नेपाल उद्योग वाणिज्य महासङ्घ र दुुबई चेम्बरद्वारा संयुक्त रुपमा बिहीवार दुबईमा आयोजना गरिएको नेपाल यूएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गरेका हुन् ।

    सम्मेलन यूएईमा रहेकाे नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो । यस अवसरमा यूएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने पनि बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ