• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रिय सभा चुनावको लागि दल दर्ता गर्ने समय मंसिर २४ देखि २९ गतेसम्म

    791
    SHARES



    काठमाण्डाै। निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावकाे कार्यतालिका सार्वजनिक गरेको छ ।

    सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धी सूचना प्रकाशित गर्नेगरी चुनावको कार्यतालिका सार्वजनिक गरेको हो ।

    आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंसिर २२ गते दल दर्ताका लागि सूचना प्रकाशित हुनेगरी मंसिर २४ गते चुनावको कार्यतालिका स्वीकृत गरी शुक्रवार आज सार्वजनिक गरिएको जानकारी गराएका छन् ।

    उनले दल दर्ताका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्मको समय तोकिएको बताए । पौष १ गते ती दलहरुलाई चुनाव चिह्न प्रदान गरिनेछ । निर्वाचन आयोगका अनुसार पौष ४ गते दर्ता भएका दलहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।

    पौष १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा चुनाव अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ । आयोगका प्रवक्ता पौडेलले पौष २० गतेदेखि २९ गतेसम्म राष्ट्रिय सभा सदस्यको चुनाव कार्यक्रम हुन्छ ।

    उनले मतदाता नामावलीको नाम प्रकाशित गर्ने, त्यो माथि दाबीविरोध, उजुरीहरु लिने, अन्तिम नामावली प्रकाशित गरिने पनि बताए ।

    मनोनयन दर्ता गर्ने, त्यसमाथि दाबी, विरोध, उजुरी लिने, त्यसमा जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने, फिर्ता लिने लगायतका कामहरु त्यस अवधिमा हुने पनि प्रवक्ता पौडेलले बताएका छन् । कार्यतालिकाअनुसार चुनाव अधिकृतको कार्यालयले प्रदेशको राजधानीमा अनुकूल हुनेगरी मतदानस्थल तोक्नेछ । माघ ११ गते बिहान नौ बजेदेखि दिउँसाे ३ बजेसम्म मतदान हुनेछ ।

    चुनावकाे कार्यतालिकाअनुसार मतदानस्थलमा दुई वटा मतदान केन्द्र हुनेछ । प्रदेश सभा सदस्यहरुले मतदाता गर्ने मतदान केन्द्र हुन्छ । अर्को पालिकाको मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षले मतदान गर्ने मतदान केन्द्र हुने व्यवस्था गरिएको पनि निर्वाचन आयोगका प्रवक्ता पौडेलले बताए ।

    निर्वाचन आयोगले पछिल्लो जनगणनाअनुसार राष्ट्रिय सभा चुनावको मतभार पनि परिवर्तन गरेको छ । राष्ट्रिय जनगणना कार्यालयले दिएको पछिल्लो जनगणनाअनुसार प्रदेश सभा सदस्यको हकमा ५३ र पालिका मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको हकमा १९ मतभार रहने गरी आयोगले निर्णय गरेको पनि प्रवक्ता पौडेलले बताए ।

    फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये १९ वटा पदका लागि सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेको हो । रिक्त १ जना राष्ट्रिय सभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ