• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भुटानी शरणार्थी प्रकरण- यी हुन् धरौटी माग गरिएका र थुनामै रहने प्रतिवादी

    6.5K
    SHARES



    काठमाडौँ । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आदेश सुनाएको छ ।

    ठगी, लिखत, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी मुद्दा खेपिरहेका २२ जना प्रतिवादीमध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग ३० लाख रुपैयाँ धरौटी माग गरिए पनि उनी तत्काल रिहा नहुने भएका छन् ।

    उनको हकमा दुई न्यायाधीशबीचको राय बाझिएपछि तेस्रो न्यायाधीशले धरौटीमा रिहा गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछन् ।

    तर, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलगायत भने थुनामै रहने भएका छन् ।

    अदालतको आदेशअनुसार रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पा थुनामै रहने छन् ।

    अन्य प्रतिवादीको हकमा भने धरौटी मागदेखि साधारण तारेखमा रिहासम्मको आदेश भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ