• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने सम्भावना

    804
    SHARES



    काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश विरूद्ध परेका निवेदनमा आज आदेश आउने सम्भावना रहेको छ ।

    काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरूद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ बिहीबार न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सकिएको थियो ।

    उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले उक्त मुद्दामा शुक्रबार आदेश हुनसक्ने जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो ।

    जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र तीन जनालाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ