• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन समिति गठन

    1.2K
    SHARES



    काठमाडौं। रुसी सेनामा नेपाली नागरिकको संलग्नतबारे अध्ययन गर्न श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको छ ।

    मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको हो ।

    केही दिन अघि युक्रेन-रुस युद्धमा नेपाली मुलुकका तीन जना नेपाली मुलुकको नागरिकको मृत्यु भएको घटना सावर्जनिक भएको थियो ।

    मन्त्रालयका सह-सचिव राजिव पोखरेलले रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न र सुझावसहितको प्रतिवदेन पेश गर्ने गरी समिति बनाएको बताए ।

    ‘रुस-युक्रेन युद्धमा भिजिट र विद्यार्थी भिषामा नेपालीहरु पुगेको भन्ने कुरा बाहिर आएको छ’ उनले भने, ‘त्यसरी पुगेकाहरु वैध-अवैध रुपमा कसरी नेपालीहरु गए भन्नेबारे अध्ययन गर्नेछ ।’

    मन्त्रलययका सह-सचिव समेत रहेका पोखरेलले समितिले कुवेत लगायतका भिजिट भिषामा गएर लेवर भिषामा परिवर्तन गर्ने घटना बढेकाले त्यसबारे पनि समितिले अध्ययन गर्ने बताएका छन् । उनले यसबारे समितिले अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन १५ दिन भित्र पेश गर्ने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ