• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रहरीकै अगाडि डाक्टर कुटिएको भन्दै चिकित्सक सङ्घको आपत्ति

    1.5K
    SHARES



    काठमाण्डाै। बुटवलमा प्रहरीकै अगाडि डाक्टर कुटिएको भन्दै नेपाल चिकित्सक सङ्घले आपत्ति जनाएको छ ।

    हिजो बुधवार सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि प्रहरी प्रशासनकै अगाडि विभिन्न समूहले गुन्डागर्दी र दादागिरी शैलीमा गम्भीर घाइते हुनेगरी कुटपिट गर्ने, गालीगलौज गर्नेजस्ता अमानवीय क्रियाकलाप गरेको सङ्घले जनाएको छ ।

    उपचारका क्रममा भएको मृत्युलाई लापर्बाही भनी अस्वाभाविक आरोप लगाएको र वार्ता भइरहेकै बेलामा डाक्टरमाथि नै आक्रमण भएको भन्दै सङ्घले भर्त्सना र निन्दा गरेको छ ।

    उपचारको क्रममा कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै स्वास्थ्यकर्मी, बिरामी तथा सर्वसाधारण नै आतङ्कित हुनेगरी घटाइएको घटनाले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुगेको सङ्घले जनाएको छ ।

    कुटपिट र अमानवीय क्रियाकलापमा संलग्नहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कानुनी कारबाही गरेर सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन चिकित्सक सङ्घले सरकारसँग माग गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ