• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    फूल मेलामा नबिकेका प्रतिमालाबापत महानगरले २० रुपैयाँ दिने

    4.1K
    SHARES



    पोखरा । पोखरामा सयपत्री फूल मेलामा नबिकेका मालावापत पोखरा महानगरपालिकाले किसानलाई प्रतिमाला २० रुपैयाँ दिने भएको छ ।

    पोखराको श्री कम्प्लेक्स परिसरमा २५ देखि २८ कात्तिकसम्म सञ्चालन भएको सयपत्री फूल मेला प्रदर्शनीमा किसानले बिक्रीका लागि राखेको करिब ६५ सय माला बिक्री नभएको महानगरको अनुमान छ ।

    ती मालावापत किसानलाई प्रतिमाला २० रुपैयाँ प्रोत्साहन रकम दिने महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

    ‘श्री कम्प्लेक्स परिसरमा ल्याएर नियमित फूल बिक्री वितरण गर्ने कृषकको आजसम्मको स्टकलाई हेर्दा, बजारमा माग भन्दा बढी आपूर्ति भएको र बाह्रय क्षेत्रबाट पनि फूल आएको, विगतको तुलनामा माग पनि कम भएकाले माला बिक्री वितरणमा समस्या आएकोले पोखरा महानगरपालिकाको तर्फबाट प्रति माला रु २० का दरले प्रोत्साहन गरिने निर्णय भएको छ’ उनले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ