• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बैक-विमा विजनेश

    दशैंमा बैंकिङ प्रणालीबाट बाहिरियो ७६ अर्ब रकम

    3.3K
    SHARES



    काठमाडौं । दशैंका लागि बैंकिङ प्रणालीबाट करिब ७६ अर्ब रुपैयाँ बाहिरिएको छ । दशैं अगाडि १६ असोजमा करिब ६ खर्ब २० अर्ब रहेको नगद सर्कुलेसन दशैं सकिँदा ६ खर्ब ९६ अर्बसम्म पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

    साना र ठूला दरका नोट कति सटही भए भन्ने एकिन तथ्यांक नभएपनि दशैमा ७६ अर्ब रुपैयाँ नगद सर्कुलेसन बढेको उनले बताए । ‘दशैंमा बैंकिङ प्रणालीबाट बाहिरिएको नगद प्रणालीमा फर्किन केही समय लाग्छ,’ उनले भने ।

    नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै हरेक वर्ष नयाँ नोट सटहीको व्यवस्था गर्छ । यस वर्ष पनि साना दरका ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट सटहीको व्यवस्था गरेको थियो । साथै दशैंमा दक्षिणा र चाडपर्वका लागि गाउँ जानेले ठूलो रकम लिएर जाने भएकोले दशैं तिहारमा हरेक वर्ष बैंकिङ प्रणालीबाट ठूलो रकम बाहिरिने गरेको छ ।

    दशैं सकिए पनि तिहार र छठ पर्व आउँदै भएकाले उक्त रकम बैंकिङ प्रणालीमा फर्किन मंसिरसम्म लाग्नसक्ने उनले बताए । अहिले बढेको नगद सर्कुलेसन पूर्ण रुपमा बैंकिङ प्रणालीमा आउन केही समय लाग्ने भएपनि ठूलो हिस्सा भने २ महिनामा फर्किने गरेको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ