• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर समाचार

    काठमाडौँ पुगे इजरायलबाट फर्किएका २ सय ५४ जना नेपाली (फोटो फिचर)

    20.4K
    SHARES

    काठमाडौँ । द्वन्द्वग्रस्त मुलुक इजरायलबाट उद्धार गरिएका नेपालीहरुलाई नेपाल ल्याइएको छ । शुक्रवार बिहान करिब ३ बजे उनीहरुआएको विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चार्टर उडान लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वयं बिहीबार इजरायल पुगेका थिए । इजरायलका विभिन्न स्थानबाट उद्धार गरिएका २ सय ५४ नेपालीलाई लिएर फर्किएको विमान शुक्रबार बिहान काठमाडौँ अवतरण भएको हो ।

    निगमको आरए २२९-२३५३ जहाज वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वको टोलीले उठाएको थियो । विमानमा सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ