• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बचतकर्ताको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी सञ्चालक चौलागाईं पक्राउ

    2.6K
    SHARES



    काठमाण्डाै। बचतकर्ताको साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष रवीन्द्र चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनले निक्षेपकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेप लिने तर बचतकर्ताले आफूले जम्मा गरेको रकम फिर्ता माग्दा नदिएर लुक्ने गरेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

    ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली सहकारीका विभिन्न ठाउँमा शाखा छन् । बचतकर्ताले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीलाई लामो समयदेखि आग्रह गरे पनि निक्षेप तथा ब्याज रकम उपलब्ध गराइदिनेतर्फ कुनै पहल नभएको पाइएको सीआईबीले जनाएको छ ।

    रवीन्द्र चौलागाईं लगायतले बचतकर्ताको अहिलेसम्मको प्राप्त जाहेरीअनुसार ४ करोड ४९ लाख ९९ सय हजार रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेकाे प्रहरीले जनाएको छ । देउराली सहकारीबाट कोही ठगिएको भए उजुरी गर्न पनि सीआईबीले आग्रह गरको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ