• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    ओम हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र ग्राहकलाई छुट

    1.9K
    SHARES



    काठमाडौँ । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीले सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।

    अस्पताल सञ्चालक समितिका अध्यक्ष आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा योनो नेपाल एसबीआई मोबाइल एप प्रयोगकर्ताले हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट पाउन सक्ने छन् ।

    हस्पिटलले एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार तथा पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ