• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गैह्रीगाउँमा हत्या गरिएका ४ जनाको सनाखत, २८ वर्षीय दीपेन्द्र राई पक्राउ

    4.3K
    SHARES



    काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य स:मिलमा हत्या भएका चारै जनाको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

    घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पतालमा पठाएको हो ।

    स:मिलमा एकै परिवारका ३ जनासहित ४ जनाको शुक्रबार राति हत्या भएको थियो । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।

    हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले २८ वर्षीय दीपेन्द्र राई लाई कपडा र जुत्तामा रगत लत्पतिएको अवस्थामा पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले बताएका छन् । राईले मदिरा सेवन गरेको पाइएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ