• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

नक्कली भनेर पक्राउ परेका डाक्टर सक्कली भएको भेटिएपछि…

11.2K
SHARES



काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएको छ ।

साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा-८ घर भएका डा. रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेर म्याद लिएर अनुसन्धान गर्दै छ ।

तर, डा. रञ्जित सक्कली चिकित्सक भएको पुष्टि भएसँगै केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अपरेशन ‘फोक्सट्रोट चार्ली’को विश्वसनीयता माथि नै प्रश्न उठेको छ ।

नाम जुधेको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको भेटिएको मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण प्रसाद अधिकारीले बताएका छन् । डा. अधिकारीले भने, ‘नाम जुधेका दुईजना मानिस अलग हुन भनेर मैले पत्र लेखेर पठाएको छु ।’

डा. रञ्जित र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नाम बाहेक अरु नाम थर मिलेको भेटिएको छ । डा. रञ्जित जनकपुरमा पढेका हुन् ।

ब्युरोले पक्राउ गरेको मध्ये एक जना चिकित्सक फरक परेको कुरा आफूलाई जानकारी आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले बताए ।

ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ