• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

नेप्से परिसूचक बढ्ने क्रम जारी- कारोबार रकम ५ महिनायताकै उच्च

3.8K
SHARES



काठमाडौँ। नेप्से परिसूचक बढ्ने क्रम जारी रहेको छ । परिसूचक बढिरहँदा कारोबार रकममा पनि दैनिक सुधार आएको छ।
बुधबार नेप्से परिसूचक १६.४२ अंकले बढेको छ ।

यस दिन नेप्से ०.८१ प्रतिशतले बढेर २०३७.०६ बिन्दुमा पुगेको छ ।  बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

गत कारोबार दिन ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९ सय ४३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६ सय ८२ रुपैयाँ पुगेको छ।

यो रकम गत ५ महिना यताकै उच्च हो । यसअघि गत २०७९ पुस २८ गते ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। त्यसपछि बुधबारको बजारमा ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

यस दिन २ सय ७५ वटा धितोपत्रको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच भएको हो । बुधबार खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९४५ रुपैयाँ ४० पैसा पुगेको छ ।

यस्तै, सिटी होटलको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सर्वाधिक ५.६२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १५ हजार ८२० रुपैयाँमा झरेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ