• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    लगातार सातौँ दिन बढ्याे शेयर बजार

    1.3K
    SHARES

    काठमाण्डाै । लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ ।

    शेयर बजार परिसूचक नेप्से आज १६.४९ अङ्कले बढेर १ हजार ९ सय ५९.१२ विन्दुमा पुगेको छ ।

    आज फाइनान्स, जलविद्युत् र म्युचल फन्डबाहेकका समूहको शेयर बढेकोमा होटल तथा पर्यटन र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

    बजार बढेपनि आज कारोबार रकम भने घटेको छ । हिजो २ अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा आज २ सय ७० वटा कम्पनीकाे ४८ लाख ६५ हजार कित्ता शेयर १ अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भाको हो ।

    आज आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि अजोड इन्सुरेन्स लिमिटेडको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ