• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेता पुनकी आमामाथि गोली प्रहार ‘दुर्घटना’ भएको प्रहरीको निष्कर्ष

    1.2K
    SHARES



    काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमाली पुन मगरलाई गोली प्रहार गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न सहायक हवल्दार प्रकाश पुनमगरलाई शनिवार बिहान प्रहरीले बागडोलबाट पक्राउ गरेको थियो ।

    उनलाई प्रहरी प्रधान कार्यालयस्थित नम्बर–१ गणमा आन्तरिक थुनामा राखिएको छ । शनिवार राति नयाँ वर्ष मनाउन ७४ वर्षीया हजुरआमा तिर्थमालीको निवास बालुवाटार गएका प्रकाशको गोली चलेपछि भागेका थिए ।

    प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत सहायक हवल्दार प्रकाश पुनमगरसँग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको चाइनिज ‘टाइप-५४’ पेस्तोल साथमा थियो । सोही पेस्तोलबाट एक राउण्ड फायर भएको भेटिएको छ ।

    पेस्तोलबाट फायर भएपछि डरले उनी त्यहाँबाट भागेको अनुसन्धान अधिकृतले बताएका छन् । नयाँ वर्ष मनाउने पारिवारिक जमघटमा वर्षमान पुनका भाइहरु पनि सहभागी रहका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया