• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जनयुद्धकालीन घटनालाई अपराधीकरण गर्न खोजिए सह्य हुने छैन : डिलाराम आचार्य

    1K
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले जनयुद्धकालीन घटनालाई लिएर अपराधीकरण गर्न खोजिए सह्य नहुने टिप्पणी गरेका छन् ।

    माओवादी घटकको अन्तक्र्रिया कार्यक्रममा बोल्दै आचार्यले जनयुद्धकालीन सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुंगो लगाउनु पर्ने बताएका छन् ।

    ‘राज्यले जनयुद्धमा लागेका व्यक्तिलाई पक्राउ गर्ने जेल हाल्ने गर्दै छ । जो परिवर्तन ल्याउन लड्यो त्यसलाई पक्राउ गर्ने कार्य निन्दनीय छ’ आचार्यले भने,‘सरकारले जनयुद्धकालीन घटनालाई लिएर पक्राउ गर्ने धरपकट गर्ने कार्य रोकेर यस्ता विषयलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको मातहत ल्याउनुपर्छ ।’

    यस्तै, राष्ट्रियसभाका नेकपा (एमाले)की सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

    सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ मुछिएका हुन-होइन ? सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरिन् ।

    आइतबार (हिजो) सांसद श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड चाहिएको भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग पैसा मागेको अडियो विभिन्न सञ्चार माध्याममा सार्वजनिक भएपछि त्यो सामाजिक सञ्जालमा भईरल भईरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निलम्बन गरी २४ घण्टै स्पष्टीकरण सोधेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ