• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पत्रकार चौधरीमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न महासंघको माग

    878
    SHARES



    काठमाडौँ । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका कार्यसमिति सदस्य तथा एपिवान टेलिभिजनका संवाददाता नवीन चौधरीलाई साङ्घातिक आक्रमण गर्नेलाई कारबाही गर्न पत्रकार महासंघले माग गरेको छ ।

    महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो ।

    महासंघ पत्रकारलाई असुरक्षित र त्रसित बनाउने यो घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षित र निर्भयका साथ काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

    महासंघ महोत्तरी शाखाका अनुसार फागुन २४ गते बुधबार महोत्तरीको जलेश्वर नगरपालिका-५ स्थित चौरिया गाउँमा मदिरा सेवन गरेको अज्ञात समूहले पत्रकार चौधरीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गर्नुका साथै सिसाको बोतलले टाउकोमा प्रहार गरेका थिए । आक्रमणबाट पत्रकार चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया