• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अछामका बजारमा म्याद गुज्रेका बडवाइजर बियर

    1.4K
    SHARES



    काठमाडौँ। अछामका व्यापारिक केन्द्रमा म्याद गुज्रेका बडवाइजर बियर छ्याप छ्याप्ती रहेको पाइएको छ ।

    सदरमुकाम सहित जिल्लाका विभिन्न बजारहरूमा संचालित होटेल तथा मदिरा पसलहरूमा म्याद गुज्रेका बडवाइजर बियरहरू छ्याप छ्याप्ती भेटिने गरेका छन् ।

    जिल्ला सदरमुकाम मंगलसैनको एक होटेलमा बियर खरिद गरी सेवन गर्ने क्रममा म्याद गुज्रेका बियरहरू भेटिएपछि बुडवाइजर कम्पनीको गम्भीर लापरबाही सतहमा आएको छ ।

    जिल्ला सदरमुकामको एक होटेलमा बिहीबार ३१ अगस्त २०२२ उत्पादन मिति र २७ फेब्रुअरी २०२३ वेस्ट बिफर मिति रहेका बियरहरू भेटिएका छन् ।

    फेब्रुअरी २७ गते उपभोगयोग्य मिति सकिने थाहा पाएरै बियर कम्पनीका बजार व्यवस्थापक तथा डिलरहरूले केही दिन अधि मात्रै ठुलो मात्रामा बियरहरू व्यापारीलाई थमाएको बताइएको छ ।

    तिँ कम्पनीका आधिकारिक डिलर तथा बजार व्यवस्थापकले जानाजान म्याद सकिनु अघि बजारमा बिक्रीका लागी पठाएको स्रोतको दाबी छ ।

    यस्तै, हुलाकी राजमार्गको कैलाली खण्डमा ६९ किलोमिटर सडक स्तरवृद्धि हुँदैछ । धनगढी उपमहानगरपालिका क्षेत्रको ३ किलोमिटरसहित लम्की र टीकापुर क्षेत्रमा ४ लेन सडक विस्तारको काम जारी छ ।

    हुलाकी राजमार्ग आयोजना कार्यालयले धनगढीमा तीन किलोमिटरसहित लम्की र टीकापुर क्षेत्रमा स्मार्ट सडक बत्ती जडानका लागि प्रक्रिया सुरु गरेको छ। धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडानका लागि आग्रह गरेको हुलाकी सडक योजना कार्यालयले बताएको छ।

    हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सविन जोशीका अनुसार उपमहानगरपालिकाको आग्रहमा विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार हुँदैछ।

    उनले भने, ‘स्मार्ट बत्तीका लागि मेयर साबले पेस गर्नु भएको थियो। हामीले पनि लागत स्टिमेट तयार गरेर बजेटको लागि माग गर्नुपर्ने हुन्छ। प्रक्रिया अगाडि बढाउदैछौँ।’

    धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकदेखि मनहेरास्थित कालिका मन्दिर सम्मको ३ किलोमिटर सडकलाई ४ लेनसहित अन्य खण्डलाई दुई लेनमा विस्तार गरिदैँछ। चार लेन सडक क्षेत्रमा स्मार्ट सडक बत्ती जडानको प्रक्रिया सुरु भएको हो।

    नेपाल विद्युत प्राधिकरणको सहयोगमा हुलाकी सडक योजना कार्यालय, धनगढीले डिपीआर तयार पारेर बत्ती जडान गर्ने बताएको छ। हुलाकी सडक योजना कार्यालय धनगढीका प्रमुख जोशीले भने, ‘स्मार्ट लाइटमा दररेटका लागि हामीलाई जानकारी हुँदैन।

    हामी विद्युतका विज्ञ होइनौँ । विद्युत प्राधिकरणबाट सहयोग मागेर गरौला भनेका छौँ।’ उनका अनुसार धनगढीको चार लेन र टीकापुर तथा लम्की क्षेत्रमासमेत स्मार्ट सडक बत्ती जडान गर्न प्रक्रिया थालिएको हो।

    सहरी क्षेत्र तथा चार लेन सडक निर्माण भएको क्षेत्रमा बत्ती जडानका लागि डिपिआर तयार हुने भएको हो। हुलाकी सडक योजना कार्यालयले डिपिआर तयार गरेपछि संघीय सरकारसँग बजेट माग गर्नेछ। संघीय सरकारले बजेट दिएपछि हुलाकी सडकले नै स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता गर्ने भएको हो।

    धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले ६ महिना अगाडिबाट प्रक्रिया थालेको बताए। हुलाकी सडकको धनगढी कार्यालय र हुलाकी राजमार्ग निर्देशनालयमा पत्र पठाएको उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ