• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    ४ सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिँदै

    1.7K
    SHARES



    काठमाडौँ। सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ ।

    सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये चार सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिए ।

    समितिले स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ११, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका आठ, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका दुई र कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तीनजनालाई बचत फिर्ता गरेको हो ।

    स्टाण्डर्ड मल्टिपर्पोज कोअपरेटिभका बचतकर्ताको सबै बचत यसअघि नै फिर्ता गरिएको समितिले जनाएको छ ।

    सरकारले ओरेण्टल कोअपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेका छ ।

    यसैगरी प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को-अपरेटिभ लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

    सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम १२ सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको हो । समस्याग्रस्त सहकारीको व्यवस्थापनको काम समितिले गर्ने व्यवस्था पनि ऐनमा गरिएको छ । यही व्यवस्थाअनुसार सबै सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिने बताइएको छ ।

    यस्तै, वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरपालिकाको हडपेका सार्वजनिक सम्पत्ति महानगरपालिकालाई हस्तान्तरण गर्न आग्रह गरेका छन्।

    मेयर सिंहले समाजिक संजालमार्फत यस्तो आग्रह गरेका हुन्। मेयर सिंहले, ‘मठमन्दिर सार्वजनिक जमिन अतिक्रमण गर्नुभएका महानुभावहरूले कृपया आफैँ वीरगन्ज महानगरलाई सो सम्पत्ति हस्तान्तरण गरिदिनुहुन अनुरोध छ,’ उनले लेखेका छन्।

    मेयर सिंह अहिले महानगरपालिकामा हडपिएका विभिन्न जग्गा खोजी गर्न लागि परेका छन् । उनले माइदिया पोखरी हडपेर निर्माण गरेकाहरूको घरमा डोजर लगाएका छन् ।

    चार बिघा क्षेत्रफल रहेको उक्त पोखरी १८ कठ्ठामा खुम्चिएको समाचार सार्वजनिक भएपछि मेयर सिंह कडा रूपमा प्रस्तुत भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ