• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    समाजवादी प्रेस संगठनले यी २ प्रदेशको भेला फागुनमा गर्ने

    1.3K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवाद) निकट समाजवादी प्रेस सङ्गठनले आगामी फागुन १५ गतेभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशको भेला गर्ने भएको छ ।

    संगठनको भेलालगत्तै लुम्बिनी प्रदेशको विस्तारित बैठकका साथै फागुन मसान्तभित्र सबै जिल्ला सम्मेलन सम्पन्न गर्न लागिएको छ ।

    नीतिगत सुझाव दिन अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय नीतिगत सुझाव समिति गठन गरिएको छ । पार्टी केन्द्रले देशभरका कमिटी, विभाग र मोर्चा सङ्गठनसँग नीतिगत सुझाव माग गरेपछि सो समिति गठन गरिएको हो ।

    समितिले सञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक अध्ययन तथा विज्ञसँग छलफल गरी ती विषयलाई नीतिगत रुपमा पार्टीलाई सुझाव दिनेछ ।

    यस्तै महासचिव भूपराज खड्काको अध्यक्षतामा पाँच सदस्यीय राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन समिति गठन गरिएको उपाध्यक्ष सन्तराम बिडारीले जानकारी दिए । उक्त समितिले गत मङ्सिर ४ गते सम्पन्न प्रदेश र सङ्घको चुनावमा पार्टीले हासिल गरेको अवस्था तथा कमजोरीबारे प्रतिवेदन तयार गर्ने भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ