• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

बैक-विमा विजनेश समाचार

१३ अर्बको ट्रेजरी बिक्री गर्दै नेपाल राष्ट्र बैंक

7.3K
SHARES



काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंसिर २७ गते १३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने निर्णय गरेको छ ।

बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका कुल १३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।

आगामी मंगलबार जारी हुने ट्रेजरीको भोलि सोमबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । यसअघि राष्ट्र बैंकले मंसिर १९ गते ९ अर्ब ९३ करोड रूपैयाँको ट्रेजरी जारी गरेको थियो ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ