• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बैक-विमा विजनेश समाचार

    ग्लोबल आईएमई र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच यस्तो समझदारी, सेवाग्राहीलाई सहज

    2.3K
    SHARES



    काठमाण्डाै।  ग्लोबल आईएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने समझदारी पत्रका हस्ताक्षर भएकाे छ ।

    बिहीवार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

    समझदारीअनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा यस कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्रान्डका बिजुली गाडी खरिद गर्न सहजरूपमा कर्जा प्रवाह गर्नेछ ।

    आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि ३ दिनभित्र ग्राहकलाई बैंकले नियमअनुसार सहजरूपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ । यो सुविधा ग्लोबल आईएमई बैंकका सबै शाखाबाट उपलब्ध हुनेछ ।

    कार्यक्रममा बैंकका नायब महाप्रबन्धक कल्याण विक्रम पाँडे, रिटेल बैंकिङ प्रमुख नरहरि सिलवाल लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । ग्राहककाे सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याउँदै आएको छ ।

    ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ