• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लवका कार्यकर्ताले मेरो ज्यान लिने योजनासहित आक्रमण गरे : टुकलाल पुन

    2.9K
    SHARES

    काठमाडौँ । कपिलबस्तुका टुकलाल पुनको ज्यान लिने लक्षसहित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको खुलासा भएको छ । आज काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर आक्रमणमा पनि घाइते भएका टुकलाल पुनले यस्तो कुराको खुलासा गरेका हुन् ।

    पुनले कार्तिक २२ गते दिउसो १ बजे तिर महिला संगठनको अध्यक्षको घरमा छलफल गरिरहेको अवस्थामा ६/७ जनाको समुहमा आएका विप्लवका कार्यकर्ताले आफूमाथि एक्कासी आक्रमण गरेको बताएका छन्। उनीहरुले  ‘टुकलाल भन्ने तै हैनस्, तैले बिद्रोह गरेर हाम्रो पार्टी कमजोर बनाइस’ भन्दै अचानक टाउकोमा आक्रमण गरेपछि आफु ढलेको उनले बताएका छन् ।

    आफु ढलेपछि टाउकोबाट अलि बढी नै रगत बगेका कारण विप्लवका कार्यकर्ताले आफुलाई मर्यो भनेर छोडेको उनले बताए। आक्रमणकारी मध्ये १/२ जनालाई आफुले चिनेको र अरु ४/५ जनलाई गाँउलेहरुले यिनीहरु फलानो फलानो विप्लवका कार्यकर्ता हुन् भनेर चिनेको बताएका छन्।

    विप्लवहरु विचारबाट स्खलित भएर बिचार बिहिन भएपछि उनका कार्यकर्ताले लाठी र रड लिएर आफुलाई आक्रमण गर्न आइपुगेको पुनले बताए। दुश्मनलाई आक्रमण गर्न बनाइएको योजनाहरु मित्र शक्तिमाथि आक्रमण गर्न प्रयोग गरेर उनीहरुले आफ्नो अशली रुप देखाएको पनि पुनले बताए ।

    यस्तै टुकलालकी श्रीमतीले आफ्नो श्रीमानलाई ज्यान मार्ने उदस्यले कुटपिट गर्ने र कुटपिट गर्ने योजना बनाउनेहरुलाई बिगतका दिनमा दुश्मनको पन्जामा पर्नबाट बचाएको र आज उनीहरुले आफुहरुलाई सत्रुको ब्यबहार गरेको भन्दै यस्ता हर्कत नगर्न अनुरोध गरेकी छन्। यस्ता अपराधीलाई कारबाही गर्न पार्टीले निर्णय गरेर कडा कदम चालोस भन्दै उनले जुझारु र कमल डिसी भन्ने व्यक्तिले उक्त आक्रमणको योजना बनाएको बताएकी छन् ।

    यस्तै नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले टुकलालमाथिको आक्रमणको निन्दा गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै कञ्चनले विप्लवका सैद्धातिक विचलनहरु सतहमा आएपछि आफुहरुले पार्टी पुनर्गठन गरेको र त्यसपछि विप्लवको पार्टी अस्तित्व रक्षाको चरणमा पुगेकाले अतालिएर आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गर्न थालेको बताएका छन्।

    विप्लवका तमाम कमजोरीहरु आफुलाई थाहाँ हुँदाहुँदै पनि आन्दोलनमा व्यक्तिका कमजोरीहरु सच्याउन सकिन्छ भनेर आफुहरुले आन्तरिक रुपमै संघर्ष गरेर सुधार्ने कोसिस गरेको तर बेला-बेलामा विप्लवमा अपराधिक प्रकारका सोचहरु अभिव्यक्त भइरहने र तिनलाई समेत सच्याएर अगाडी बढाउदै सँगै रहेको तर अन्तिम राजनीतिक बैचारिक रुपमै स्थानिय तहको चुनावमा सहभागी भएर संसदीय प्रणाली अपनाइसकेपछि आफुहरुले अलग पार्टी बनाउनु परेको बताएका छन्।

    पार्टी अलग हुनु राजनीतिक कुरा भए पनि राजनीतिक बिषयमा बैचारिक राजनीतिक छलफल गर्नुको साटो विप्लवले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेर आफ्नो अशली गुण्डागर्दी र अपराधी चरित्र देखाएको बताएका छन्। बास्तोलाले विप्लवको यो पुरानै चरित्र भएको समेत प्रष्ट पारे । कोही मान्छे पार्टीमा रहने र नरहने व्यक्तिको स्वतन्त्रताको कुरा हुने भन्दै उनले आफ्नो पार्टी छोडेर जाने नेता कार्यकर्तालाइ भौतिक आक्रमण गर्नु गैरराजनीतिक हर्कत हुने बताए ।

    विप्लवले यसअघि पनि आफ्नो पार्टी छोडेर गएका नेताहरुको टाउको फुटाउन निर्देशन दिएको समेत बास्तोलाले खुलासा गरेका छन् । विप्लवकै निर्देशनमा केही साथीहरुको दात भाचिने गरि आक्रमण गरेको पनि आफुले थाहाँ पाएको बास्तोलाले बताएका छन् ।

    विप्लवले अहिले देखाएको यो हर्कत एकदमै तुच्छ र निच हर्कत भएको भन्दै वास्तोलाले सच्चिन र छिपछिपे सैद्धान्तिक ज्ञानबाट माथि उठ्न समेत आग्रह गरे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ