• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अखिल क्रान्तिकारीले चुनाव बहिस्कार गर्ने, कार्तिक २३ गते काठमाडौँमा बिरोध सभा हुने

    2.6K
    SHARES



    काठमाडौँ । दुईवटा विद्यार्थी आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव बहिस्कार गर्ने निर्णय गरेका छन् । वैद्य नेतृत्वको नेकपा -क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले चुनाव बहिस्कार गर्ने भएका हुन् ।

    शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी दुबै संगठनले चुनाव खारेजीको लागि संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । सोही अनुसार कात्तिक २३ गते काठमाडौँमा विरोध सभा गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

    पत्रकार सम्मेलनमा बोल्दै नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले चुनावले नेपाली जनताको हित नगर्ने भन्दै त्यसको अबज्ञा र बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। अध्यक्ष राइले हरेक चुनाव पछाडी नेपालमा मुल्यबृद्धि हुने र देशलाई आर्थिक संकटमा पार्ने गरेको भन्दै देशलाई संकटमा पार्ने चुनावमा भाग लिनु भनेको देशलाई झन् गरिबीको रेखा मुनि पार्न लाइसेन्स दिनु जस्तै हुने भन्दै आम नागरिकलाई चुनावमा भाग नलिन आग्रह समेत गरे ।

    चुनाव जनताको हितमा नभएको र देशलाई संकटमा पार्ने चुनाव भएकाले यो चुनावबाट जितेर आउनेहरुले एमसीसी जस्ता राष्टघाती सम्झौता मार्फत देशलाई पराधिन बनाउदै जाने हुँदा यस्ता चुनावमा भाग नलिन आम बिद्यार्थी र जनतालाई आग्रह गर्नुपरेको राईले बताए । उनले अब ‘नो भोट अगेन’ को नारा लिएर जनतामा जान युवा तथा विद्यार्थीलाई आग्रह गरे ।

    उनले विद्यार्थीलाई चाहिने पाठ्य पुस्तक छाप्न कागज नभएको बहाना बनाउने तर चुनाव सम्बन्धि सामाग्री भने भटाभट छापी रहेकाले विद्यार्थीको भबिष्यमाथि खेलबाड गर्ने जनक शिक्षा सामाग्रीका हाकिम क्रान्तिकारीको निशानामा रहेको बताएका छन् । यस्तै उनले ब्याचलर पहिलो बर्षको परिक्षा सकिएको दुइ बर्ष पुगिसक्दा पनि रिजल्ट सार्बजनिक नगरिएकाले परिक्षा नियन्त्रकलाई समेत क्रान्तिकारीले निशानामा पारेको बताएका छन् ।

    यस्तै उनले कथित स्वतन्त्र उम्मेदवार भन्नेहरुले समेत नयाँ अनुहारमा पुरानै व्यवस्थामा भाग लिने कोसिस गरिरहेको भन्दै त्यस्ताहरुको भ्रममा समेत नपर्न आग्रह गरेका हुन् । यस्तै उनले अहिलेको गठबन्धनले बिचार सिद्दान्त समेत छोडेर कांग्रेसले माओवादी र माओवादीले कांग्रेसलाई भोट माग्ने, हलोले सूर्यलाई र सुर्यले हलोमा भोट मागेर नैतिकता हिन काम गरेका दलालहरुले देशलाई समेत बेच्ने भएकाले यिनलाई देश बेच्ने लाइसेन्स नदिन यो चुनावलाई अबज्ञा गर्नुपर्ने बताएका छन् यस्तो अपवित्र र नसुहाउदो गठबन्धनले देशलाई निकास नदिने भन्दै त्यस्तो भ्रममा पनि नपर्न आग्रह गरेका छन् ।

    यस्तै क्रान्तिकारी माओवादी निकट बिद्यार्थी संगठनका क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले यो चुनावले मुलुकको निकास र सम्वृद्धि नहुने भएकाले आम बिद्यार्थी र नागरिकले यो चुनावको बहिष्कार र अबज्ञा गर्नुपर्ने बताएका छन् । यो चुनावमा बिजयी भएर जानेहरुले देशलाई लुट्ने सिबाय अरु केहि नगर्ने भएकाले त्यस्ता दलालहरुलाइ निर्वाचित गर्नुको सट्टा पत्तासाप हुने गरि लखेट्नुपर्ने बताएका छन् ।

    मुट्ठीभरका केही दलाल र माफियाहरुले देशको सबै श्रोत र साधन कब्जा गर्ने र मुलुकलाई टाट पल्टाई रहेकाले त्यस्ता दलाल्हरुलाइ पुनः निर्वाचित गरेर देश लुट्ने लाइसेन्स नदिन पनि उनको आग्रह छ ।

    संसदीय दलका नेताहरुले देशलाई बिदेशीहरुसंग भिख माग्ने देशमा बदलेको भन्दै बिदेशीसंग भिक मागेर देशको सम्वृद्धि र बिकास नहुने भएकाले त्यस्ता दलाल उत्पादन गर्ने यो संसदीय ब्यबस्था नै खारेज गरेर बैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने उनले बताएका छन् ।

    देशका सम्पूर्ण युवाहरुलाई बिदेशमा बेचेर विदेशबाट आएको रेमिट्यान्सबाट देश चलाउन खोज्ने दलालहरुलाई निर्वाचित गर्ने व्यबस्थाको खारेजी अनिवार्य भएको उनको भनाइ रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ