• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार विजनेश समाचार

    स्थानीय जनप्रतिनिधिको हजारौं-हजार तलव सुविधा तोकियो, कसको मासिक तलब कति ? सूचीसहित)

    36.8K
    SHARES



    जनकपुरधाम, १२ वैशाख ।

    प्रदेश २ का स्थानीय जनप्रतिनिधिको तलव सुविधा तोकिएको छ । अब जनप्रतिनिधिहरुले हजारौं-हजारका दरले मासिक तलब पाउने भएका छन् ।

    प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीहरुको तलव सुविधासम्वन्धी विधेयक प्रदेशसभामा दर्ता गरेको छ । प्रस्तावअनुसार गाउँपालिका अध्यक्षले मासिक ३१ हजार ५०० तलब पाउनेछन् भने १५ सय सञ्चार खर्च दिइनेछ ।

    उपाध्यक्षलाई मासिक २७ हजार ५००, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई समान २० हजार र सभाका सदस्यलाई ७ हजार तोकिएको छ ।

    यस्तै नगरपालिकाका मेयरलाई ३५ हजार, उपमेयरलाई ३१ हजार, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २२ हजार र सभा सदस्यलाई ७ हजार तोकिएको छ ।

    उपमहानगरका मेयरलाई ४१ हजार, उपमेयरलाई ३५ हजार तलब तोकिएको छ । यस्तै वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २५ हजार र सभा सदस्यलाई ७ हजार मासिक सुविधा तोकिएको छ । भ्रमण भत्ता पनि तोकिएको छ ।

    वीरगञ्ज महानगरका मेयरले ४३ हजार ५०० तलव पाउनेछन् भने उपमेयरले ४१ हजार ५००, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई २८ हजार र सभा सदस्यलाई ७ हजार तोकिएको छ । जिल्ला समन्वय समितिका प्रमुखले ४४ हजार, उपप्रमुखले ४२ हजार मासिक तलब पाउनेछन् ।

    कसको मासिक तलब कति ? सूचीसहित हेर्नुहोस्

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ