• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपा(बहुमत) पाल्पा जिल्ला समितिकाे तेस्रो पुर्ण बैठक सम्पन्न

    2.1K
    SHARES



    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी(बहुमत) पाल्पा जिल्ला समितिकाे बैठक सम्पन्न गरेको छ ।
    बैठकमा भदौ १ बाट संचालित राष्ट्रिय जनजागरण तथा संगठन विस्तार अभियानकाे समिक्षा गर्दै केन्द्रीय समितिकाे तेस्रो बैठकद्धारा पारित राजनीतिक कार्यक्रमलाई तदारुकताका साथ कार्यवन्यन गर्दै निर्यण गर्दै सम्पन्न भएको कार्यलय सचिव विक्रमले जानकारी दिए ।
    उनले जिल्लामा पार्टी पुर्नरगठन देखि अहिलेसम्म आउँदा जिल्लामा क्रान्तिकारी पार्टीका रुपमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) रहेको,मिटर व्याजि,सुदखाेर,लघुवित्तबाट पिडित जनताको पक्षमा आवाज बुलन्द गर्दै संघर्ष केन्द्रित गर्न सफल रहेको,सुराकीहरुलाई न्याय विभाग द्धारा ख बनाउन सफल रहेको,युवा,विद्यार्थी,महिला,किसान,पत्रकार,बुद्धिजीवी,कर्मचारी,शिक्षक,अधिवक्ता लगायतहरू पार्टीको आन्दोलन वरिपरि संगठित,छलफल र बहसको केन्द्रमा आई पुग्न सफल रहेको निष्कर्ष बैठकले निकालेकाे समेत उनले बताएका छन् ।

    उनलेे अभियानबारे जानकारी दिदै भने जनजागरण अभियान क्रममा मात्रै विद्यार्थी कमिटी नयाँ छब्बीस वटा,पार्टी प्रवेश एमाले र काँग्रेस गरि तीन जना,हाते माईकिङ्ग काेणसभा बीस वटा,सात वटा नयाँ पार्टी सेल कमिटी,जनजागरणकाे हाते पर्चा वितरण सात सय प्रन्ध वटा वितरण,नयाँ पिढि भेटघाट पचास वटा,पत्रकार,विद्यार्थी,युवा,किसानहरुकाे कार्यलय बैठक समेत सम्पन्न भएको छ ।

    नेकपा(बहुमत) पाल्पा जिल्ला समितिकाे उक्त बैठकले तेस्रो केन्द्रीय समितिकाे बैठकका निर्यणहरु आम जनताको बिचमा पुर्याउन पाल्पा जिल्लालाई दुई क्षेत्रमा विभाजन गरि चारवटा जनभेटघाट तथा जनपरिचालन समिति पनि निर्माण गरेको छ । यस्तै अासन्न मंसिर ४ गते हुने संघ र केन्द्रकाे निर्वाचनलाई व्यापक रुपमा अवज्ञा गर्ने समेत निर्यण पनि गरेको छ ।
    यहीँ कार्तिक चार गते वुटवलमा हुन गईरहेकाे चार पार्टीको संयुक्त चुनाव अवज्ञा सभालाई सफल बनाउन पाल्पा जिल्लाबाट व्यापक रुपमा सहभागी हुदै सफल बनाउन लाग्ने निर्यण समेत गरेको छ । बैठकमा नेकपा(बहुमत) का नवाैं महाधिवेशन आयाेजक समिति सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज कमरेड मिलनकाे प्रमुख आथित्वतामा र बैठकको संचालन तथा अध्यक्ष संयाेजक दिग्दर्शनले गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ