• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर समाचार

    अछाम पहिरो : मृत्यु हुनेको संख्या १७ पुग्यो, फोटो फिचर

    20.9K
    SHARES

    अछाम। अछामका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता रहेका छन् ।

    घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ। हालसम्म तुर्माखाँद गाउँपालिका-५ मा चार, कमलबजार नगरपालिका-६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ ।

    प्रशासन कार्यालयकाअनुसार उक्त वडामा तीन जना पहिरामा परी बेपत्ता छन्। निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका-६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताए।

     

    ‘यकिन विवरण आइसकेको छैन। मृतकको सङ्ख्या बढ्न सक्छ,’ उनले भने, ‘अछामका धेरै ठाउँमा पहिरो गएको खबर छ।’ त्यस्तै सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध छ।

    अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ। लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौं परिवार डुबानका कारण विस्थापित भएका छन्। वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।

     

     

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ