• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बैक-विमा विजनेश समाचार

    कुमारी बैंकको ऋणपत्रमा आवेदन खुल्यो, वार्षिक कति प्रतिशत ब्याजदर छ ?

    1.6K
    SHARES

    काठमाडौँ। कुमारी बैंकले आजदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको छ । कम्पनीले १० वर्ष अवधिका लागि ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०८९’ निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

    कुल बिक्री खुलेको ऋणपत्रमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । बाँकी १८ लाख कित्ता भने व्यक्तीगतरूपमा बिक्री गरिने बैंकले जनाएको छ । यसैगरी, सर्वसाधारणलाई छुट्याइएकोतर्फबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । भदौ २१ गतेसम्म आवेदन दिन पाइने यस ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । ऋणपत्रको बिक्री प्रबन्धक तथा निष्कासकमा नबिल इन्भेष्टमेन्ट रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ