• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार सुदुरपश्चिम

    अछाममा सडक र पुल निमार्णको लागि प्रदेश सरकारबाट ७३ करोड ७१ लाख बजेट

    2.8K
    SHARES



    काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९÷८० मा ७४ करोड बजेट विनियोजन गरेको छ । अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।

    जयगढ-माझेठाना-रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछामले जानकारी दिएको छ ।

    चिसापानी-जंगलघाट बाजुराको बडीमालिका जोड्ने सडकमा १४ करोड छुट्याएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले विनायक-लयाटी -पुल्लेलोला- रामारोशन सडक र चिसापानी-जंगलघाट-ऋषिदह-वाजुराको बडिमालीका सडक ९ गैरिटाँड-कालागाउँ-दर्ना खण्ड० ५÷५ करोड विनियोजन गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ